मिसन सामाचारदाता पुस २९ / थारु समुदायको महत्वपूर्ण चाड माघीको रौनक सो समुदाय रहेका बस्तीहरुमा बढेसँगै थारु बस्तीमा चहलपहल शुरु भएको छ । थारु समुदायको महान पर्व अर्थात थारु समुदायको नयाँ वर्षको रुपमा मानाइने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका –३ मिर्चैयाका हरि प्रसाद थारुले बताए । पर्व नजिकिदै गर्दा आफुले अरुको घरमा मजदुरी गर्न जाने गरेको उनले बताए । मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको चौधरीको भनाई छ । माघी मनाउनका लागि जाँड, रक्सी र घर लिपेर सक्यो बाँके फत्तेपुरका फुलमति थारुले बताइन् । माघी पर्व भव्य तरिकाले ले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पुरा भएको उनको भनाइ छ । माघीमा आफन्ती आउने भएको हुनाले उनीहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । घरमा धेरै आफन्ती एकै ठाउँमा जम्मा भएर मनाउने योजना रहेको फुलमतिले बताइन् । थारु समुदायले भव्य रुपमा मनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन् । माघी महिनामा थारु घर फुट्ने, अरुको घरमा कमैया बस्ने नवस्ने, जग्गा अधिया लगाउने नलगाउने जस्ता महत्वपुर्ण योजना बनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । थारु समुदायमा माघ १ गते देखि ३ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरी आगो ताप्ने, बंगुरको मासु, गैन्जी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ । सोहीदिन पुषको अन्तिम दिन रातभरि आगो ताप्ने र भाले बासेको समय विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासंग आर्शिवाद समेत लिने चलन रहेको छ । माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेला समेत जाने गर्ने गर्दछन् । माघी पर्वमा एक आपसमा साथीभाईहरुसंग मिलेर जाँड रक्सी समेत पिउने र युवायुवतीहरुले मनोरञ्जन गर्ने
गर्दछन् ।
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्