पवन मुडभरी कैलाली (बौनिया), २९ पुस । कैलालीको लम्कीचुहा नगरपालीका ६ स्याउलेमा बस दुर्घटना हुंदा १७ जना घाईते भएका छन । टीकापुरबाट धनगढितर्फ जाँदै गरेको ना ७ ख २२२६ नम्बरको बस र पश्चिमबाट पुर्वतर्फ जांदै गरेको ना ४ ख ५१३२ नम्बरको बस आज बिहान करिब ६ बजे एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुलाई कोहलपुर रिफर गरिएको छ भने अन्यको स्थानिय अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लम्कीका डम्मर राज भट्टले जानकारी दिनुभएको छ । बाक्लो हुस्सु लागेकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ भने घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्