भेरी बबई डाइभर्सन नेपालकै पहिलो टनेल बोरिङ मेशिन आयोजना



स्रुर्खेत । नेपाली प्राविधिक, नेपालकै लगानी र नयाँ पुस्ताको प्रविधि प्रयोग गरी निर्माण शुरु गरिएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम द्रुत गतिमा भइरहेको छ ।
परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्षभन्दा बढी समय लाग्ने भएपनि टनेल बोरिङ मेशिन प्रयोगले शुरुङ निर्माणको काम द्रुत गतिमा बढेको हो । टीबीएम मार्फत सुरुङ खन्ने कामको जिम्ममा चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएकोछ ।
मेसिनले पहाडभित्र खन्दै जाने र खनिसकेको भागमा फिनिसिङ गर्ने काम पनि एकैसाथ हुँदै गरेकाले खन्ने र फिनिसिङ गरेको दुईवटा काम एकैसाथ भइरहेको आयोजनाले जनाएको छ । आयोजनाले सन् २०२० सम्ममा सुरुङ खनिसक्ने कार्य योजना बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार