शिव सेनाद्वारा मोटरसाईकल र्याली



newsabhiyan

 नेपालगन्ज,२८ पुस/  नेपालगन्जमा नेपालशिव सेना बाँकेले मोटरसाईकल र्याली निकालेको छ ।शाहबंशीय राजतन्त्रका संस्थापक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको अवसरमा नेपाल शिवसेना बाँकेले मोटरसाईकल र्याली निकालेको नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताए ।

केन्द्रिय अध्यक्ष रौनियारका अनुसार नेपालगन्जस्थित बागेश्वरी मन्दिरदेखि नेपालशिवसेना नेपालद्वारा मोटरसाईकल र्याली निकाली नगरको विभिन्न भागको परिक्रमा गरिएको बताए ।

त्यसैगरी, नेपालगन्ज लगायत देश भर मै राजसंस्थाका संस्थापक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन धुमधामका साथ मनाईएको विगतका दिनमा गरिएको आन्दोलनमा शाहका शालिक तोडफोड भएका थिए ।

तर इतिहासको सम्मान गर्न नसक्नेहरु आफै समाप्त हुन्छन भन्ने मान्यताको आभास गर्दै गणतन्त्र आएदेखि मनाउन छोडिएको राष्ट्रिय एकता दिवस सरकारले यसवर्षबाट पुनः मनाउने निर्णय गरेपछि नेपालगन्जमा पनि मोटरसाईकल र्याली निकालिएको केन्द्रिय अध्यक्ष रौनियारले बताए ।

करीब १ सय ५० वटा मोटरसाईकलमा ३०० बढी सहभागी शिवसेना नेपाल कार्यकर्ताहरू रहेका नेपाल शिव सेनाका केन्द्रिय महासचिव श्याम बहादुर थापा, नेपाल शिव सेना बाँकेका जिल्ला सदस्य मदन शर्र्माले लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार