जहीर खान चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षक नियुक्त



काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्स (सीएसके) ले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
जहीरले सन् २००९ देखि २०२६ सम्म लगातार १८ सिजन टोली सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन् । फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको थियो ।
४७ वर्षीय जहीर भारतका सफल बायाँहाते तीव्र गतिका बलरमध्ये एक हुन् ।

उनले भारतलाई २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सीएसकेले नयाँ सिजन सुरु गर्ने तयारीमा जहीरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ । फ्लेमिङ भने हाल इंग्ल्याण्ड क्रिकेट टोलीका प्रशिक्षक हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार