काठमाडौँ ।
एसियाली खेलकुदमा नेपाली मुक्केबाज रमिशा श्रेष्ठ पनि पहिलो चरणमै पराजित भएकी छन् । मंगलबार निसियो जिम्न्यासियमको रिङमा भियतनामी मुक्केबाजविरुद्ध रमिशाको प्रदर्शन निकै फितलो रह्यो । उनी महिला ५१ केजीमा एनगुएन थि टामसँग अंकका आधारमा ५–० ले पराजित भइन् । योसँगै नेपालबाट बक्सिङमा प्रतिस्पर्धा गर्ने सातमध्ये दुई खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि सोमबार पुरुष ७० केजीमा दानबहादुर दर्लामी पनि इराकका अली कासिम हमदान अल–सर्रेसँग ५–० ले पराजित भएका थिए । यसैगरी, रवीन नेपाल (९० केजी), खगेन्द्र रोकामगर (६० केजी), चन्द्रबहादुर थापा (५५ केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले खेल्न बाँकी छ ।
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्