मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु



कञ्चनपुर,२७ पुस/  कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो ।

गएराति साढे १२ बजे आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार ब्यक्ति भने सकुशल रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार