सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बन्यो सुबिसु



काठमाडौँ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । यो सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्ने जनाइएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए । उनले भने, ‘यो सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ । नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा हाम्रो निरन्तर प्रतिबद्धता रहनेछ ।’

सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याइरहेको बताउँदै भने, ‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याइरहेको छ । सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य खेलकुदप्रतिको हाम्रो निरन्तर प्रतिबद्धता हो । हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप दर्बिलो बनाउने बताए । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार