नि:शुल्क आँखा शिबिर सञ्चालन हुने



रावन बिश्वकर्मा : बाँसगढी,२६ पुस/   रावन बिश्वकर्मा,बाँसगढी/  बर्दिया बाँसगढी नगरपालीकाको २ स्थानमा एकै दिन निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

बाँसगढी नगरपालिकाको मोतिपुर स्वास्थ्य चौकी र बेलवा स्वास्थ्य चौकीमा यही पौष २९ गते शनिबार निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

नगरपालीका भित्र रहेका आँखाका बिरामीहरुलाई समयमै पहिचान गरी उपचार गर्ने उदेश्यका साथ बाँसगढी नगरपालिकाको समन्वयमा रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र गुलरिया र तिलगंगा आँखा उपचार काठमाडौको आयोजनामा शिविर सञ्चालन हुने छ ।

शिविरमा आएका आाखाका बिरामीहरुको निशुल्क उपचार र मोतिबिन्दू भएका बिरामीको निशुल्क अप्रेशनको व्यवस्था समेत मिलाइएको बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मीले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार