ब्याडमिन्टन प्रतियोगिता शुरु



नेपालगञ्ज,२६ पुस/   नेपालगन्जमा मंगलबारदेखि एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपालगन्जस्थित हेल्थ केयर एण्ड रिसर्च सेन्टरले आप्mनो स्थापना दिवशको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगिताको बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमाल तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले ब्याडमिन्टन खेलेर उद्घाटन गरे ।

उद्घाटन खेलमा सीता वेलबासे र सेलिना थापाले प्रतियोगिता अन्तर्गत यु–१६ गल्र्सतर्फ विजयी सुरुआत गरेका छन । ज्ञानोदय विद्या निकेतनकी सीताले जयबागेश्वरी स्कुलकी सिमरन पुनलाई २१–१६, २१–१७ ले पराजित गरिन् ।

अर्को खेलमा ज्ञानोदयकै सेलिनाले सेन्ट थोमसकी निसा थापालाई २१–८ २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाइन । पुरुष डबल्समा सुरेश चन्द र यामु खत्रीको जोडीले फैजान अन्सारी र नदिम अन्सारीलाई २१–१, २१– ८ ले टेकबहादुर खड्का र युवराज चौधरीको जोडीले सचिन चौधरी र विकास चौधरीको जोडीलाई २१–१२, २२–२० ले हरायो ।

गणेश कोइराला र युवराज थापाले राहुल गुप्ता र सुर्य मानन्धरलाई २१– १७, २१– १७, दिपक र दिनेशको जोडीले चन्दन सिह र महेश चौधरीलाई २१–६, २१–१७ ले हराउन सफल भयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार