काठमाडौँ।
फिफा विश्वकप २०२६ बाट बाहिरिएसँगै १३ प्रशिक्षक टोलीबाट अलग्गिएका छन् । विश्वकपमा सोचेअनुसारको प्रदर्शन नभएपछि १३ प्रशिक्षक टोलीबाट अलग्गिएका हुन्। सेनेगल र ट्युनिसियाका प्रशिक्षक फुटबल संघबाटै बर्खास्तमा पर्दा मेक्सिकोका प्रशिक्षक भने संघसँगको सहमतिमा टोलीबाट अलग्गिएका हुन् । बेल्जियमसँग पराजित हुँदै सेनेगल ‘राउन्ड अफ ३२’बाट बाहिरिएको थियो । त्यसपछि सेनेगलको फुटबल संघले प्रशिक्षक पापे थियावलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
समूह चरणबाटै बाहिरिएपछि ट्युनिसियाको फुटबल संघले प्रशिक्षक साब्री लामौचीलाई बर्खास्त ग¥यो । लामौचीको प्रशिक्षणमा रहेको ट्युनिसिया विश्वकपमा जितविहिन बन्यो । राउन्ड अफ ३२ मा इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएपछि सहआयोजक मेक्सिकोका प्रशिक्षक हाभिएर आगुइरेले फुटबल संघसँगकै सहमतिमा टोलीबाट अलग्गिने निर्णयमा पुगे । त्यसबाहेक अन्य १० प्रशिक्षकले विश्वकपपछि पदबाट राजीदानमा दिएका छन् । ‘राउन्ड अफ ३२’बाट बाहिरिएपछि घानाका प्रशिक्षक कार्लोस क्विरोजले पनि राजीनामा दिए ।
समूह चरणमा इंग्ल्यान्डसँग शानदार बराबरी खेलेको घाना नकआउट चरणमा कोलम्बियासँग पराजित हुँदा ‘राउन्ड अफ ३२’ बाटै बाहिरिन पुग्यो । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पनि पद छाडे । उपाधि दाबेदार मानिएको जर्मनी पेनाल्टीमा चुक्दा ‘राउन्ड अफ ३२’बाटै बाहिरिएको थियो । विश्वकपमा अभागी मानिएको नेदरल्यान्ड्स यसपटक ‘राउन्ड अफ ३२’बाट अगाडि बढ्न सकेन ।
तीनपटक फाइनलमा पराजित भएको नेदरल्यान्ड्स मोरक्कोसँग रोकिन पुग्यो । त्यसपछि प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिए । पोर्चुगललाई राउन्ड अफ १६ बाट अगाडि बढाउन नसकेपछि रोबर्टो मार्टिनेजले पनि राजीनामा दिए । पोर्चुगल स्पेनसँग पराजित हुँदा क्वार्टरफाइनल पुग्न सकेको थिए । विश्वकपबाट बाहिरिएपछि इक्वेडरका प्रशिक्षक सेबास्टियन बेकासेसे, दक्षिण कोरियाका प्रशिक्षक होङ म्यूङ–बो, स्कटल्यान्डका प्रशिक्षक स्टभ क्लार्क, चेक रिपबीलकका प्रशिक्षक मिरोस्लाभ कौबेक, उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्सा र क्रोएसियाका प्रशिक्षक ज्लोट्को डालिचले पनि पदबाट राजीनामा दिए ।
दक्षिण कोरिया, चेक रिपबीलक, स्कटल्यान्ड र दुईपटकको विश्वविजेता उरुग्वे समूह चरणबाटै घर फर्किएका थिए । राउन्ड अफ ३२ मा इक्वेडर मेक्सिको र क्रोएसिया पोचुर्गलसँग पराजित हुँदै बाहिरिएका थिए ।









प्रतिक्रिया दिनुहोस्