ठगी गरेको भए कारवाही गर्न म्यानपावर व्यवसायीको आग्रह



काठमाडौं,पुस २४/  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले न्यु ब्लुस्टार म्यानपावरका सञ्चालक पक्राउ परेको प्रति ध्यानाकर्षण गर्दै घट्नाको छानविन गरी कारवाही गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै व्यवसायी संघमा ब्लुस्टार म्यानपावर सदस्य रहेको पाइएमा तत्काल छानविन गरी कारवाही गर्ने जनाएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लुस्टार म्यानपावरका सञ्चालक राम घिमिरे र संजय उप्रेतीले कुवेत पठाइदिने भन्दै २६ जना युवालाई ठगेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२६ जनाबाट १० लाख ६५ हजार रुपैयाँ लिए पनि विदेश नपठाएको भन्दै उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार