एलजीद्वारा ‘एसेन्सियल सिरिज’ सार्वजनिक



काठमाडौँ।

एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्राइभेट लिमिटेडले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ । काठमाडौँस्थित विवान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।

काठमाडौँमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि एलजीले आफ्नो ’हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ । यसअन्तर्गत इटहरीमा असार १५ नारायणघाटमा १७, पोखरामा १९, बुटवलमा २१ र नेपालगन्जमा २३ असारमा विशेष कार्यक्रम आयोजना गरिनेछ । यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी एसेन्सियल सिरिजका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकताअनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउनेछन् ।

‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ ।

नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन् । नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरूअन्तर्गत एलजी एसेन्सियल सिरिज डबल–डोर रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री टेक्नोलोजी रहेको छ जसले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ । यसको स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा बीस प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ ।

त्यसैगरी नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको एलजी एसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्सफोर प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानलजस्ता सुविधाहरू समावेश छन् । साथै यसमा रहेको लो–प्रेशर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार