कोहलपुर नगरस्तरीय मगर युवासंघ गठन



कोहलपुर ।

नेपाल मगर संघ नगर समिति कोहलपुरको पहलमा कोहलपुर नगरस्तरीय मगर युवासंघ गठन गरिएको छ। युवाहरूलाई संगठनमा आबद्ध गर्दै समुदायको सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासलाई सशक्त बनाउने उद्देश्यले नगरस्तरीय मगर युवासंघ गठन गरिएको हो ।

नवगठित समितिको अध्यक्षमा अभिषेक पुन मगर सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मसिनमाया मगर, सचिवमा गंगा दर्लामीमगर, सहसचिवमा उमेश थापा मगर, कोषाध्यक्षमा विशाल घर्ती मगर रहेका छन् । सहस्यहरुमा भूमिका थापा मगर,दुर्गा बुढा मगर,अमित थापा मगर,अनुशाा श्रीष मगर रहेका छन् । नवगठित समितिले समुदायका युवालाई सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउँदै नेतृत्व विकास र क्षमता अभिवृद्धि हुने विश्वास लिएको छ ।

कार्यक्रममा नेपाल मगर संघ कोहलपुरका अध्यक्ष कविराम पुलामी मगर,सचिव करनबहादुर थापा मगर लगायतका पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मगर समुदायको एकता सुदृढ गर्न र युवालाई समाज रूपान्तरणको अभियानमा अग्रसर बनाउन नगरस्तरीय युवासंघको गठन महत्वपूर्ण कदम भएको बताएका थिए।

मगर समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित समितिलाई समुदायको हितमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरेका थिए। नवनिर्वाचित पदाधिकारीहरूले आफूहरू समुदायको हित, युवा सशक्तीकरण, सामाजिक एकता तथा रचनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

  • No tags available
प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार