जनताको बहुदलीय जनवाद र पार्टी एकताको प्रश्न



– सुर्य ढकाल
जनताको वहुदलीय जनावद पाँचौ, छौटौ ,सातौ , आठौ र नवौ राष्ट्रिय महाधिवेशनवाट पारित भई सक्दा कार्यक्रम विचार सिद्धान्त र नवौं रााष्ट्रिय महाधिवेशनवाट मार्गर्दशक सिद्धान्तको रुपमा पारित नेपाली क्रान्तीको सिद्धान्त जनताको वहुदलीय जनवाद हो । जवज नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को पाचौ महाधिवेशनवाट पारित कार्यक्रम हो । यो कार्यक्रम एमालेका तात्कालीन महासचिव क।मदन भण्डारीवाट प्रस्तुत गरिएको थियो । यो कार्यनीतिक विचार क.भण्डारीको मात्र निजी विचार थिएन । यो त नेपालको कम्युनिष्ट आन्दोलनको ४० वर्षको इतिहासको निचोड थियो । तात्कालीन नेकपा
(एमाले) को चौथो महाधिवेशन सम्पन्न गर्ने क्रममा नेपाली समाज र त्यसले भोग्नु परेका समस्या नेपालको कम्युनिष्ट आन्दोलनमा र त्यसले खानु परेका धक्काहरु विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्याहरु पार्टी स्वातन्त्रता या व्यक्ति स्वातन्त्रता भन्ने सवाल पार्टी भूमिगत या खुल्ला राख्ने भन्ने सवाल र वहुदलीयता या निदलीयता भन्ने सवालहरुमा नेता र सिङ्गो पार्टी पङती लामो वहस र छलफल भएको थियो र विचार निर्माणका प्रक्रिया अघि वढेको थियो ।
झापा संघर्षको जगमा निर्माण गरिएको को ।के।हँुदै २०३५ पौष ११ गते माओ जयन्तीका दिन नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी तथा माओ विचार धारा) गठन भयो । उक्त पार्टी गठन हँुदा सम्म धेरै कम्युनिष्ट समुहहरु र स्वतन्त्र वाम वुद्धिजिवीहरु र प्रगतिसिल लेखक कलाकारहरु पार्टीमा आवृद्ध भैसकेका थिए । यो पार्टी निर्माणकै समयमा ठूलो र शक्तिशाली रुपमा स्थापित भयो । देश भरका युवा, किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, वुद्धिजीवी वर्गमा प्रभाव पार्न र संगठन निर्माण गर्न सफल भयो । देशभर हलचल नै मच्चाइ दियो । देश विदेशमा चर्चित वन्न पुग्यो प्रवासमा पनि संगठन निर्माण हुन थाले । यही पार्टी नेपाली जनताको परिवर्तनको चाहानालाई पुरा गर्न सक्ने आशाको केन्द्र वन्न पुग्यो । स्वभाविक रुपमा यो पार्टी नेपाली समाजको विविधता युक्त विचारलाई प्रतिनिधि गर्ने विभिन्न जात जाती भाषा भाषी धर्म संस्कार र संंस्कृतिको जगमा निर्मित नेपाली जनताको साझा चौतारी थियो । यो पार्टी स्वयं द्वन्द्वात्मक भौतिकवादी अर्थात वहुलवादी थियो । चौथो महाधिवेशन सम्म
आईपुग्दा यो पार्टी वहुदलियतालाई स्वीकार गर्ने र प्रजातान्त्रको उपयोग गर्दै प्रजातान्त्रिक मार्गबाट अधिकार बढ्न निष्कर्षमा पुगी त्यसै अनुसारको कार्य दिशा पारित गर्न सफल भयो । क. मदन भण्डारीको नेतृत्वमा अगाडि बढ्यो । चौथो महाधिवेशनबाट माओविचारधारा हटाएर ने.क.पा (माले) नामाकरण गरियो । यो विषयमा पनि छलफल र बहस भएको
थियौ । त्यति बेला देशमा निरंकुश राजतन्त्र र निर्दलिय पञ्चायाती व्यवस्था थियो त्यसका विरुद्ध नेकपा माले ले देशभर संघर्ष र आन्दोलन चलाएको थियो र राष्ट्रिय पञ्चायतमा समेत पञ्चायती व्यवस्थाको धज्जी उडाउ प्रतिनिधि पठाएको थियो । सामन्तवादी निरंकुश पञ्चायती व्यवस्थाले नेपाली समानलाई शोषण दमन र उत्पीडन गर्दै मुठ्ठिभर सामन्तहरुको पक्षपोषण गर्दथ्यो । पार्टीहरु प्रतिवन्धित थिए । पे्रस स्वतन्त्रता थिएन । सभा सम्मेलन गर्न वर्जित थियो र नेपाली समाज उकुस मुकुस भएको थियो ।
नेपालको उत्तर पट्टी विशाल देश चीन रहेको छ भने दक्षिण तर्फ विशाल देश भारत रहेको छ । राजनीतिक प्रणाली अलग भए पनि दुवै देश गणतन्त्र हुन नेपालको उत्तर तर्फको सिमानामा हिमाल पहाड र पर्वतहरु रहेका छन । त्यहाँ भौगोलिक विकटता रहेको
छ । चीन संग हाम्रो सफल मित्रताको सम्बन्ध रहदै आएको छ तर पनि भौगोलिक विकटताले गर्दा व्यापार न्युन छ । चाहेर पनि सहज र सरल हुन सक्दैन । नेपालको दक्षिण मात्र हैन पुर्व र पश्चिममा समेत भारत पर्दछ । सिमाना खुला
छ । भारत सँंग हाम्रो भौगौलिक मात्र हैन धार्मिक,सास्कृतिक र व्यापारीक परिवारिक सम्बन्ध घनिभुती रुपमा रहदै आएको छ । भारत नेपालको
असफल । सहयोगी मित्र राष्ट्र हो । वहुदलिय प्रतिस्पर्धा भएको शासन प्रणाली कुनै निश्चित एक खालको सारतत्व भएको राज्जसत्ताको रुप मात्र होइन । अनेक सारतत्व भएका राज्यहरुको स्वरुप बन्न सक्छ । यसबेला दुनियाँमा वहुदलिय शासन प्रणालीअन्तर्गत अनेक खालका राज्यहरुले काम गरिरहेका छन । अर्धसामन्ती,अर्धउपनिवेशिक राज्यहरु पनि वहुदलिय प्रणाली अपनाइरहेका छन । पुँजीवादी राज्यहरुले पनि त्यो प्रणाली अपनाउँदै आएका छन । समाजवादी राज्यहरुले पनि प्रारम्भिक अवस्थामा त्यो प्रणाली अपानाउन सक्छन । भन्ने निर्कष निकाल्दै छ । हामीहरु नयाँ जनवादी राज्यले पनि वहुदलिय प्रतिस्र्धाको शासन प्रणाली अपनाउन सक्छ भन्ने निष्कर्ष लिएर आफ्नो राजनीतिक कार्यक्रम निर्धारण गरी अघि बढिरहेको छौ । त्यस कारण केबल रुप पक्षलाई मात्र हेरेर कुनै पनि राज्यसत्ताको वर्ग चरित्र टुङ्गो लगाउन सकिन्न । हामी केबल वहुदलिय प्रणाली अपनाउने वचनवद्धताको कारणले माक्र्सवाद—लेनिनवाद तथा नयाँ जनवाद विपरीत गराइरहेका छौँ भन्ने कुरा सावित हुन सक्दैन । नयाँ जनवादी राज्य सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवाद विरोधी एवम समाजको समर्थन गदै त्यसैमा संक्रमण गर्ने राज्य हो । सामन्त वर्ग र दलाल नोकरशाही पुँजीवादी वर्गबाहेक अन्य वर्ग तहका जनताले नयाँ जनवादमा प्रजातान्त्रिक अधिकारहरु पुर्णतः उपयोग गदै आफ्नो स्वतन्त्र राजनीतिक गतिविधि सञ्चालन गर्न पाउनेछन । आफ्ना विचार राजनीति, कार्यक्रम , दृष्टिकोणको आधारमा आम निर्वाचनमार्फत प्रतिस्पर्धा गरी बहुमत जनताको सर्मथन प्रााप्त राजनीतिक पार्टिले सरकार गठन गर्न र शासन सञ्चालन गर्न पाउनेछ । अल्पमतमा रहेको पार्टीले विपक्षको भूमिका निर्वाह गर्ने छ । यसरी वहुदलिय शासन प्रणालीको कुरा र जनवाद राज्यसत्ताको कुरा हो । यिनै विषयलाई सम्बन्धित गरेर हाम्रो वहुदलिय जनवादी कार्यक्रम निर्धारित भएको छ ।
वहुदलिय प्रतिस्पर्धाको शासन प्रणाली आम रुपमा संसदीय प्रणाली हो । अन्तर्गत प्रत्येक चार पाँच वर्षमा आम विर्वाचन गर्ने र त्यसबाट बहुमत प्राप्त पार्टीको सरकार गठन गर्ने तथा अल्पमतको सरकारको विरुद्ध विपक्षको भूमिका निर्वाह गर्ने । अझै शब्दमा जनवादी केन्द्रीयताको शासन प्रणाली बहुमतको शासन चलाउने अल्पमतको त्यसको निरीक्षण गर्ने प्रणाली । बुर्जुवा संसद वर्गको गफ गर्ने बोकाको टाउको झन्डयाएर कुकुरको मासु बेच्ने थलो हो भनेर यसको आलोचना गरिरहेको बेला उहाँहरुले निर्वाचन एवम निवाचित सत्ताको विरोध गरिरहनु भएको थिएन न त आम निर्वाचनलाई एउटा नाटकमा बदल्न चाहाना नै व्यक्त गर्नुभएको थियो । उहाँहरुको विरोधको तात्पर्य बुर्जुवा ब्यवस्थामा सबै महत्वपुर्ण राजकीय मामिलाहरुको फैसला सैनिक गृहमन्त्रालय वा नोकरशाहीतन्त्रको मुख्यालयहरुले गरिरहेका
हुन्छन । संसद केवल गफ गर्ने ठाउँको रुपमा मात्र बाँकी
रहन्छ । त्यसले कुनै पनि वास्तविक समास्या समाधान गदैन । माक्र्सले पेरिस कम्युनको प्रशंसा गर्दा पनि कार्यकारी र विधायिकी दुवै भएकाले प्रशंसा गर्नुभएको थियो । हामी पनि जनप्रतिनिधि संस्था साँचो अर्थमा अधिकारसम्पन्न हुनुपर्छ र त्यसले नै वास्तविक समस्याको वास्तविक समाधान गर्नुपर्छ भन्ने कुराको पक्षमा
छौँ । तर यसको साथसाथै हामी शत्तिी पृथकीकरण पक्षमा पनि छौ । शासन सञ्चालन गर्ने क्षेत्रमा हालसम्म भएका अनुभवहरुको आधारमा न्यायपालिका,कार्यपालिका र विधापिकाको सापेक्ष स्वतन्त्रता हुनुपर्छ र त्यस अनुसार नै सम्बन्धित निकायले निष्पक्ष रुपमा काम गर्न पाउनुपर्छ । तिनीहरुको काममा कुनै पनि एउटाले अर्को वा कुनै पनि शत्तिीले तिनीहरुमाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यताको पक्षमा हामी छौ ।
माक्र्स वा लेनिनले बुर्जुवा संसदको विरोध गर्दा त्यसको रुप र सारलाई एकीकृत गरेर गर्नुभएको थियो । सरकार संगििठत गर्ने रुप विधि तरिकाभन्दा उहाँहरुको विरोध पुँजीवादी राज्यको विरुद्ध केन्द्रित थियो । हामी अहिले रुप र सारलाई अलग–अलग गरेर रुप पक्षलाई सर्मथन गर्ने तर सारलाई संघर्षमार्फत प।िवर्तन गर्ने कुराको पक्षपोषण गरिरहेका छौ । अर्धसामन्ती,अर्धपनिवेशि सारलाई विस्तापित गरी नयाँ जनवादी सारलाई स्थापति गर्ने पक्षमा छौ । सविधान जारी पछि सम्पन्न भएका स्थाानीय ,प्रदेश ,प्रतिनिधि सभा र राष्ट्रिय सभामा वाम पन्थीको पुग नगुग दुई तिहाई सिट र जनमत नेपालका कम्युनिष्टहरुले पा्रप्त गरेका छन । नेपाली जनता एकिकृत कम्युनिट पार्टी निमार्ण भएको र सम्वृद्ध नेपाल निमार्णको अभियान संचालन कम्युनिष्ट पार्टी को नेतृत्वमा भएको हेर्न चहान्छन । जनताको वहुदलीय जनवादको सार हरेक आन्दोलनमा श्रेष्ठता हासिल गर्ने र श्रम जिवि जनताको राज्य सत्ता स्थाापना गर्ने हो । जनमत द्वारा शान्तिपुर्ण तरिकाले समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने
हो । जनताको वहुदलीय जनवाद कै प्रकासमा नेपालको कम्युनिष्ट आन्दोलनले गति लिइरहेको छ । किन बेला न कुबेला बेमौसमको बाझा बजाउन खोजेका छन । सिद्धान्त विचार कार्यक्रममा माक्र्सवाद अरुले पनि पढेका छन जानेका छन । उनी भन्दा जान्नीहरु अरु पनि छन । किन जानी बुझि नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन खोज्दै छन । भन्दै होला चियाको तरड मा निर्वाचन कार्यलयले समानुपातिको परिमाण बाहिर नल्याउनको कारण जनताको वहुदलीय जनवाद नै हो भन्न बेर छैन ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार