काठमाडौँ ।
प्रि–बजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रि–बजेट छलफलमा अर्थमन्त्री वाग्ले नआएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै लगातार आवाज उठाउँदै आएका थिए । यसै क्रममा आज सत्तारुढ रास्वपाकै सांसद अमरेशकुमार सिंहले २० वर्षको इतिहासमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा प्रि–बजेटमाथि छलफल भएको देखेको भन्दै आपत्ति जनाएका थिए ।
प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्