कोहलपुर रेसिङ साहारा बन्यो च्याम्पियन



शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।

कोहलपुर रेसिङ साहारा क्लबले चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि जितेको छ । गोल्डकपको शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै चौथो कोहलपुर गोल्डकप–२०८३ को आयोजक समेत रहेको कोहलपुर रेसिङ साहारा क्लबले उपाधि जितेको हो ।

हजारौँ दर्शकको उल्लेख्य उपस्थितिमा भएको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । निकै रोमाञ्चक खेलको पहिलो हाफको ५औँ मिनेटमै कोहलपुर रेसिङ साहारा क्लबका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका जर्सी नम्बर १४ सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबरी गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा पुग्यो । रोमाञ्चक पेनाल्टीमा कोहलपुर रेसिङ साहारा क्लब भाग्यमानी ठहरियो भने नेपाल पुलिस क्लब दुर्भाग्यशाली रह्यो । दुवै टिमका कूल १२ जना खेलाडी पेनाल्टी प्रहार गरेका थिए । एउटा टिमका कूल ६ खेलाडीले पेनाल्टी प्रहार गरे । पहिलो पेनाल्टी प्रहार गर्दै नेपाल पुलिस क्लबका जर्सी नम्बर ७ का खेलाडी तथा कप्तान राम वाजीले गोल गरे ।

त्यसपछि कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर ११ का फागुराम थारूले बराबरी गोल गरे । दोस्रो पेनाल्टी प्रहार गरेको नेपाल पुलिस क्लबले गोल गर्न सफल रह्यो । निर्धारित समयमा आयोजक क्लबलाई उपाधि जित्नबाट रोकेका नेपाल पुलिस क्लबका जर्सी नम्बर १४ का सञ्चिव लामाले गोल गरे । कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर १० का सुरज ज्यू ठकुरीको प्रहार नेपाल पुलिस क्लबले उपाधि जित्ने सम्भावना बढेको थियो ।

तेस्रो पेनाल्टी प्रहार गरेका नेपाल पुलिस क्लबका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठले गोल गरेपछि आयोजक कोहलपुर रेसिङ साहारा क्लबसँग ३–१ को स्थिति बन्यो । तेस्रो प्रहारमा कोहलपुर रेसिङ साहारा क्लब जर्सी नम्बर १८ का चेतन थारूले गोल गरेपछि ३–२ को स्थिति बन्यो । नेपाल पुलिस क्लबका जर्सी नम्बर ११ का सुजन मगरको पेनाल्टी प्रहार कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगरले उत्कृष्ट बचाउ गरेपछि ३–३ बराबारी गर्दै आयोजक खेलमा फर्कियो ।

कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर ८८ का धमेन्द्र कुवँरको प्रहार गोलपोष्टमा ठोक्किएपछि खेल झन् रोचक मोडमा गयो । पाँचौँ प्रहारमा नेपाल पुलिस क्लबका गोलरक्षक अमित टमाटाले पेनाल्टी प्रहार गरेपछि गोल गर्न असफल रहे । यता कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर ९९ का सन्दिप केसीले गोल गरे । नेपाल पुलिस क्लबका लागि छैटौँ पेनाल्टी प्रहार गरेका जर्सी नम्बर ३२ का जोन विष्टले समेत गोल गर्न सकेनन् । छैटौँ तथा निर्णायक अन्तिम पेनाल्टी सुटआउटमा कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर १९ का सुजन गुरुङले गोल गरेर उपाधि जिताए ।

विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रूपैयाँँ प्राप्त ग¥यो । उपविजेता बनेको नेपाल पुलिस क्लबले मेडल, प्रमाणपत्रसहित चार लाख रूपैयाँ प्राप्त गरेको हो । विजेता र उपविजेता टिमलाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार वितरण गरेका थिए । विधागत विधातर्फ कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रूपैयाँँ प्राप्त गरे ।

कोहलपुर रेसिङ साहारा क्लबका प्रशिक्षक जनक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रूपैयाँँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र कोहलपुर रेसिङ साहारा क्लब लक्ष्मण राना मगर राइजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद १०÷१० हजार रूपैयाँँ प्राप्त गरे ।

नेपाल पुलिस क्लब शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका राम वाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारू वेष्ट फरवार्ड÷उच्च गोलकर्ता बन्दै समान १०÷१० हजार रूपैयाँँ प्राप्त गरेका हुन् । चौथो कोहलपुर गोल्डकप–२०८३ मा आठ टिम सहभागी थिए । चौथो कोहलपुर गोल्डकप–२०८३ वैशाख १९ गतेदेखि सुरु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार