१५ बुँदे प्रतिवद्धता गर्दै दुर्घना सम्बन्धी अन्तरक्रिया सम्पन्न



कोहलपुर, २० पुस/ कोहलपुरमा सडक दुर्घटना न्यूनिकरण र यसका उपायहरुको बारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । जिल्ला युवा क्लब सञ्जार बाँकेको आयोजना तथा मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर, इन्रुडेक बाँके र साझेदारी विकास परियोजनाको सहआयोजानामा सम्पन्न सो अन्तरक्रिया कार्याक्रममा कार्याक्रमको औचित्य बारे प्रष्ट पार्दै वढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न के के गर्न सकिन्छ र त्यसका उपायहरुमा सरोवारकाला निकायहरु सँग छलफल तथा अन्तरक्रिया गर्दा यसमा रहेका समस्याहरुको बारेमा समेत व्यापक छलफल गर्न आवश्यक रहेको बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक दिवाकर घिमिरेले सवारी दुर्घटना हुने परिस्थिति , कारण र अवस्थाका बारेमा विस्तृत विवरण प्रस्तुत गर्दै उनले भने ,‘ सर्वप्रथमतः सवारी सचालहरु नै स्वयम अनुशासनमा रहेर सवारी सञ्चालन सम्बन्धी कानून ,ऐन र नियमहरुले व्यवस्था गरेका कुराहरुमा ध्यान दिनु पर्ने जानकारी गराए । सडक दुर्घटना हुने कारणहरुमा सवारीको चाप बढ्नु, सडक साँघुरो र जिर्ण हुनु, चालकलाई सवारी चलाउने बारेमा प्रयाप्त ज्ञान नहुनु, सडकमा छाडा पशुचौपायहरु हुनु, ओभरलोडको सवारी चलाउनु ,सवारी चालकहरुले सडकमा सवारी चलाउँदा अस्वस्थ प्रतिस्पर्धा गर्नु जस्ताकारणले सडक दुर्घटना हुने बताए ।

दुर्घटना न्यूनिकरण गर्न सबै सवारी चालकहरुले ट्राफिक ऐन , नियम कानूनहरुको पालन गर्नुपर्ने , सर्वसाधारण देखि सबैमा ट्राफिक नियमको बारेमा जनचेतना जगाउने कार्यक्रम चलाउनु,सडकमा राडर ,सिसिटिभी र ब्रेथलाइजर.साधनको प्रयोग आदि गरेर पनि दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । सडक दुर्घटनालाई नियन्त्रण र न्यूनिकरण गर्न ऐन नियम कानूनको पालन गराउने निकाय ट्राफिक प्रहरी सँग प्रयाप्त जनशक्ति नहुनु, मोमाइल गस्ती गरी सवारी चेकजाँच गर्न सक्ने साधन नहुनु ,प्रयाप्त सञ्चार साधन नहुनु , पार्किङ्ग स्थानको निश्चितता नहुने गर्ने उदेश्यका साथ सञ्चालन हुने महोत्सवको तयारीको लागि गठित उपसमितिहरुले तिब्र गतिमा काम थाल्ने पनि छन

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार