खजुरा (बाँके) ।
कर्णाली प्रदेशको काँक्रेबिहार स्पोट्र्स क्लबलाई ४–२ गोलले हराउँदै नवलपरासीको ‘फोर ब्रदर्स एफसी’ एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँस्थित मिनी रंगशालामा मंगलबार भएको खेलमा फोर ब्रदर्स एफसीका कप्तान नवीन महत्तो एक्लैले ४ गोल गर्दै टिमलाई सेमिफाइनलमा पु¥याए ।
सुर्खेतको काँक्रेविहारका तर्फबाट गणेश पुलामी मगर र सन्दीप देवुवाले १÷१ गोल गरेका थिए । खेलमा फोर ब्रदर्स एफसीका नवीन महत्तो ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजारसहित ट्रफी, मेडल प्राप्त गरेका गोल्डकपका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
प्रतियोगितामा आज बुधबार आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब खजुरा बाँके र भारत लखनउको जेबिएम फुटबल एकेडेमीबीच खेल हुने आयोजकले जनाएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षणमा सोमबारदेखि प्रतियोगिता चैत ३० गतेबाट सुरु भएको हो । प्रतियोगितामा कूल ८ वटा टिम सहभागी भएका छन् ।
नकआउट आधारमा खेलाइने उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशिलाई अमेरिकामा रहेका खजुरावासी लीलबहादुर थापाले सहयोग गरेका छन् । प्रतियोगिता हेर्न आउने दर्शकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्