खजुरा (बाँके) ।
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा आजदेखी प्रतियोगिता सुरु हुन लागेको हो । नक आउटका आधारमा खेलाइने प्रतियोगिता आगामी २०८३ वैशाख ७ गतेसम्म चल्नेछ ।
खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँस्थित मिनी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ वटा टिम सहभागी हुनेछन् । प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लव बुटवल, संकटा स्पोट्र्स क्लव काठमाडौँ, काँक्रेबिहार स्पोट्र्स क्लव सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लव, नाईजेरियन जोन क्लव नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लव सहभागी हुँदैछन् ।
प्रतियोगिताको पहिलो दिनगोर्खा ब्वाइज स्पोट्र्स क्लव बुटवल र संकटा स्पोट्र्स क्लव काठमाडौँबीच उद्घाटन खेल हुनेछ । प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ का रूपमा ‘एमटी एरिना’ रहेको छ, भने प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराका बासिन्दा एवम् समाजसेवी लिलबहादुर थापाले व्यहोरेका छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन आज दिउँसो ३ बजे मिनी रंगशालामा हुनेछ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ले उद्घाटन गर्नेछन् ।
प्रतियोगिताको विजेतालाई सात लाख रूपैयाँ र द्वितीयलाई चार लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताए । प्रतियोगितामा करिब ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उद्घाटन समारोह तथा प्रतियोगिता सञ्चालन अवधिभर ठूलो सङ्ख्यामा सर्वसाधारण, खेलप्रेमी दर्शकहरू लगायतको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता उद्घाटन समारोह तथा उद्घाटन खेललाई सर्वसाधारण तथा खेलप्रेमीले निःशुल्क रूपमा अवलोकन गर्न पाउने र अन्य दिनका खेल अवलोकनका लागि प्रतिव्यक्ती ५० रूपैयाँँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्