कविन्द्र परियार १६ पुस कोहलपुर सम्पूर्ण गुरुङहरु एक हौं । भन्ने मुल नाराका साथ विविध सांस्कतिक कार्यक्रम सहित बाँकेमा तमु ल्होसार मनाइयको छ । चरा वर्गलाई विदाई गरी कुकुर वर्गमा प्रवेश गरी प्रवेश गरेको अवसरमा तमु ल्होसार खिल्हो कुकुर वर्ग विशेष कार्यक्रम शनिबार कोहलपुरको १३ विगाहमा मैदानमा सम्पन्न भएको छ । गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यक्रम समिति बाँकेको आयोजना र कोहलपुर इकाई समिति कोहलपुरको व्यवस्थापनमा भएको कार्यक्रममा प्रतिनिभि सभा सदस्य बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक)ले उद्घाटन गरेका थिए । कोहलपुरको न्यूरोड हुँदै १३ विगाह सम्म सांस्कतिकको ¥याली तथा विविध मनोञ्जनात्मक प्रतिष्पर्धा कार्यक्रम सहित तमु ल्होेसार मनाएको हो । कार्यक्रममा जेष्ठ तथा गुरुङ समुदायको अग्रज व्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समति बाँकेका अध्यक्ष युग बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्