माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने भन्छ्नः ५ नम्बर प्रदेशको राजधानी कोहलपुर



कहलपुर ।माअाेवादि केन्द्रका युवा नेता नरेन्द्र न्याैपानेले प्रदेश राजधानिकालागि काेहलपुर उपयुक्त स्थान भएकाे बताएका छन । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहेका न्याैपानेले ५ नम्बर प्रदेशकाे राजधानिकालागि काेहलपुर उपयुक्त भएकाे बताएका हुन ।

प्रदेश न. ६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक स्राेत, साधनले समेत काेहलपुरलाई भरपुर साथ दिएकाे उल्लेख गर्दै न्याैपानेले जिल्लावासिले त्यसकालागि अावाज उठाउनुपर्ने बेला अाएकाे जिकिर गरे ।

प्राप्त अधिकारकाे सुनिश्चिततासँग थप अधिकार प्राप्तिकालागि समेत यस क्षेत्रका नागरिक समाज, अगुवा, राजनितिक दलका प्रतिनिधि तथा संचारजगतले अावाज उठाउनुपर्ने न्याैपानेकाे भनाई छ ।

५ नम्बर प्रदेशकाे राजधानिका लागि दाङ र बुटवल बिच बहस चलिरहँदा अाफुले बाँकेकाे काेहलपुरलाई पनि समेट्नुपर्ने माग गरेकाे र त्यसकालागि केन्द्रमा समेत दवाव दिएकाे न्याैपानेले जानकारि दिए ।

गएकाे स्थानिय तह निर्वाचनमा काेहलपुर नगरपालिकाकाे प्रमुखकाे प्रत्यासि समेत रहेका न्याैपानेले बुटवल र दाङकाे तुलनामा काेहलपुर ब्यवस्थित र उर्जावान शहर भएकाले पनि अबका अधिकारहरू काेहलपुर केन्द्रित हुनुपर्नेमा जाेड दिदै अाएका छन ।

विशेषगरि अाफु दाङ र बुटवलकाे विराेधि नभएकाे जिकिर गर्दै न्याैपानेले अधिकार बिकेन्द्रिकृत गरिनुपर्ने बताए ।

साथै बाँकेमा रहेका अधिकाशं सरकारि कार्यालयहरू अनेत्रै लैजानु बिडम्बनापुर्ण रहेकाे भन्दै न्याेपानेले दुख समेत ब्यक्त गरेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १३ गते बिहीबार