आज विश्व क्षयरोग दिवस 



काठमाडौँ ।

आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ कैलालीसहित विश्वभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै छ ।

नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत बढी त फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् । नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ भने सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोगविरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ ।

तीन हप्ता या बढी समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जँचाउनु पर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार