
काठमाडौँ – खोटाङको केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।
शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हो । शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्।
एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्