राष्ट्रिय लिगमा पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा



काठमाडौँ ।

अभिनाश स्याङ्गतानको एक मात्र गोल मद्दतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबल नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा मछिन्द्रलका लागि अभिनाशले ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यही गोल निर्णायक बन्दा मछिन्द्र ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । जितपछि मछिन्द्रले १० खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट २४ अंकसहित एपीएफ एफसी दोस्रोमा छ । पुलिस १० खेलबाट ८ अंकसहित १२औँ स्थानमा छ ।

शुक्रबारै एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५–२ ले पराजित गरेको छ । यो जितपछि प्लानिङ ११ खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ७ अंक रहेको चित्लाङ १५औँ स्थानमा छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार