कोहलपुर मिसन समाचारदाता पुस ०६/ गत मंसिर २१ गते सम्पन्न भएको निर्वाचनबाट संयुक्त वामगठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचित भएपश्चात बाँके क्षेत्र न.ं१ प्रदेशसभा ‘ख’ की सभाषद आरती पौडेलले वाम गठबन्धन आस्थावान पत्रकारहरलाई निर्वाचनमा आफूलाई विजयी गराउन महात्वपूर्ण भूमिका खेलिदिनु भएकोमा धन्यवाद व्यक्त गरेकी छिन् ।
बुधबार पौडेलले आफ्नै निवासमा गठबन्धन निटकका कोहलपुरमा कार्यरत पत्रकारहरुलाई धन्यवाद दिदै आगामी दिनमा आफूले गर्ने कामहरु प्रति पत्रकारहरुको सुझाव –सल्लाहको ठूलो अपेक्षा गरेका बताइन् । निर्वाचनको समयमा पत्रकार र आस्थागत गठबन्धनको पार्टी नेतृत्व र उम्ममेदवारहरुको बीचमा भएको सम्बन्धहरु तथा त्यसका व्यवस्थापन समेतको बारेमा पनि संक्षिप्त समिक्षा गरिएको थियो ।
पत्रकारहरको तर्फमा निर्वाचनमा भएको सबै प्रकृतिका कामहरुको बारेमा निर्वाचनको समयमा गठन गरिएको मिडिया सेन्टरका संयोजक भीम रावतले रिपोर्टिङ राखेका थिए । एमाले युवा नेता सूर्य ढकालको समन्वयनमा भएको सो कार्यक्रममा ढकालले पत्रकारहरुसँगको बसाई र छलफलबाट हाम्रा सभाषदहरु मिडिया मैत्री हुनु पर्ने र आफूले गरेका राम्रा कामहरुको बारेमा जनमत सृजना गर्न पत्रकारहरुसँग नियमित सम्पर्क र सम्बन्धहरु बनाइ राख्न आवश्यक रहेको निष्कर्ष आएको बताए । कार्यक्रममा कोहलपुरमा कार्यरत करिब डेढ दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०७४ पुस ६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्