सुदीप अधिकारी, कोहलपुर मिसन समाचारदाता पुस ०६/ ठाकुरबाबा नगरपालिकाको भवन दाताले दिएको जग्गामा नै बनाउनु पर्ने माग राख्दै स्थानीवासीले ठाकुरबाबा नगरपालिका कार्यालयमा मंगलबारदेखि तालाबन्दी गरेका छन् । दाताले दिएको जग्गामा नगरपालिकाको भवन बनाउने पूर्व सहमती कार्यान्वयनमा जनप्रतिनिधिले आलटाल गरेको भन्दै दातासहित स्थानीयवासी आक्रोसित भएका छन् ।
शुरुवातदेखि नै नगरपालिकाको कार्यालय पूर्वपश्चिम राजमार्गमा पर्ने ठाकुरबाबा–४ सैनवारको एक घरमा भाडामा रहदै आएको छ । नगरपालिकाको भवन निमार्णका लागि स्थानीय सितलसिँह कठायतले हाल नगरपालिका रहेको स्थान भन्दा करिव ५ सय मिटर पूर्व राजमार्गको छेवैमा ६ कट्ठा ११ धुर जग्गा दान दिएका छन् ।
दाताले दिएको जग्गामा भवन नबनाएर भाडाको घर सानो भयो भन्दै अहिले नगरपालिकाको कार्यालय पनि भुरिगाउँ बजारमा रहेको स्वास्थ्य चौकीको खाली भवनमा सार्न थालेपछि दातासहित स्थानीयवासी झनै आक्रोसित भएका छन् ।
दाताले दिएको जग्गामा नगरपालिकाको भवन निमार्ण गर्न कार्यालयले असार महिनामै टेण्डर आह्वान गरी ठेक्का समेत दिइ सकेको थियो । ठेक्का भएको लामो समय बित्दापनि भवन निमार्णकार्य सुरु नभएको र जनप्रतिनिधिले अझैपनि आलटाल गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । ‘ भवन बनाउनकै लागि स्थानीयले नगरपालिकालाई जग्गा दान गरे । अहिले आएर जनप्रतिनिधिले त्यहाँ भवन बनाउन आलटाल गर्दै छन् ।
प्रकाशित मिति : २०७४ पुस ६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्