२७औं वार्षिक उत्सव सम्पन्न



मिसन सामाचारदाता  कोहलपुर  पुस, ०५ / कोहलपुर नगरपालिका –११ मा रहेको बालज्वोति माविले आफ्नो २७ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।  विद्यालयले २७ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको भव्य कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले यस क्षेत्रको शैक्षिक गतिविधिमा उल्लेखनिय योगदान दिएको भन्दै विद्यालयको शैक्षिक प्रगतिको खुलुर प्रशंसा गरे । वार्षिक उत्सवको उद्घाटन गर्दै कोहलपुर नगरकार्यपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर क्षेत्रमा वालज्योती मा.वि.ले इतिहास बोकेको भन्दै यस क्षेत्रका नीजि विद्यालयहरुमा अब्बल दर्जाको विद्यालयको सूचिमा बालज्योतीलाई पनि पर्ने बताए ।
स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षामा उच्च प्राथमिकतामा राखनुका सार्थ विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिरहेको जानकारी गराएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश शैक्षिक क्षेत्रका अगुवाहरुले विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल उत्कृष्ठ नतिजा एवम् अतिरिक्त प्रतियोगिताबाट हासिल गर्ने परिणामले देखाएको भन्दै एक सबल विद्यालयको रुपमा विकास गर्न विद्यालय परिवारसँग आग्रह गरे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य अर्जुन सिग्देल, एन प्याब्सन कन्द्रीय सदस्य कुबेर बस्नेत, क्रिसा अध्यक्ष दिनेश सिग्देल, , कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउने, एन प्याब्सन कोहलपुर नगर कमिटि सचवि शिव डांगी, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, होटल व्यवसायी संघ बाँके अध्यक्ष बलराम भट्टराइ, बसपार्क सुधार समिति कोहलपुर अध्यक्ष कृष्ण रानाभाट , कोहलपुर लगायत विद्यालयका शुभेच्छुक एवम् सल्लाहकारहरुले शरुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालयका प्रिन्सिपल दामोदर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ५ गते बुधबार