भद्र सहमति भएको भोलिपल्टै वाणिज्य संघको असहमति
मिसन सामाचारदाता कोहलपुर पुस, ०५ / कोहलपुरमा रहेका दुई व्यवसायी संघ कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके संघ संस्था दर्ता ऐन अनुसार समान अस्तित्व र समान हैसियत भएको संस्थाहरु रहेकाले दुबै संस्थालाई महोत्सव सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बाँके अनुमति दिएको
छ ।
यी दुबै संस्थाहरुलाई हेर्ने सरकारी र सामाजिक दृष्टिकोण पनि समान रहनु सर्वमान्य सिद्धान्तको मापदण्ड भित्र पर्ने भएकाले कसैलाई पनि अनुमति रोक्ने कार्य गर्न नसकिने जिल्ला प्रशासन बाँकेले जानकरी गराएको छ । तर यी दुबै संस्थाले कोहलपुरमा एकै स्थानमा महोत्सव सञ्चालन गर्ने अनुमति लिए पश्चात केही महिनादेखि विवाद चर्किदै आएको थियो ।
होटल व्यवसायी संघले यही पुष महिनामा र उद्योग वाणिज्य संघले माघको अन्तिम साता देखि महोत्सव सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भए पछि दुबै संस्था बीच चर्को विवाद हुदै आएको थियो ।
लामो बहस, छलफल र दवाव पछि पुष ३ गते सोमबार कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघका जिम्मेवार पदाधिकारीहरु बीच लामो छलफल पश्चात दुबै संघ बीच भद्र लिखित सहमति भएको थियो । सहमति अनुसार कोहलपुर औद्योगिक मेला कोहलपुर पर्यटन महोत्सव २०७४ एकै समयमा एकै मिति र स्थानमा संयुक्त रुपमा सञ्चालन कोहलपुर नपा–२ मा रहेको तेह्र विगाहा मैदानमा गर्ने सहमति भएको छ । महोत्सवमा होटल व्यवसायी बाँकेलाई होटल अन्तरगत पर्ने नास्ता , रेष्टुरेन्ट र थारु घर सहित ३५ वटा अन्य स्टलहरु जिम्मा दिने र त्यसबाट हुने आम्दानी पनि होटल व्यवसायी संघकै हुने सहमति भएको छ । सो सहमति कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी , होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई, महासचिव विश्वराज खनाल ,सल्लाहाकार विष्णु प्रसाद खनाल , एक नारायण चापागाई ,कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र प्रसाद शर्मा , सल्लाहाकार चिन्तामणि धिताल, बलराम काफ्ले , कार्यसमिति पदाधिकारी मात्रिका सापकोटा, ईश्वर श्रेष्ठ, प्रेम राज सुवेदी , सिता कार्कि , खेम राज शर्मा लगायतको सहमतिमा संयुक्त रुपमा महोत्सव सञ्चालन गर्ने लिखित सहमति भएको होटल व्यवसायी संघका अध्यक्ष बलराम भट्टराईले जानकारी गराएका छन् ।
तर यता कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले सो सहमति संघमा छलफल नगरी गरेकाले त्यस प्रति कार्यसमितिका सबै साथीहरुको धारणा अनुसार नभएको र दुबै संस्थाले एउटैमा गर्दा समस्या हुने भएकाले एक वर्ष एउटा संस्थाले र अर्को वर्ष अर्को संस्थाले लगाउने गरी मात्र सहमति गरिने जानकारी गराएको छन् । पुष ३ गते भएको सहमति अनुसार महोत्सवको मूल आयोजक समिति तथा उप समितिहरुमा को को रहने र कसलाई के जिम्मेवारी दिने भन्ने बारेमा अर्को बैंठकबाट टुङ्गयाउने सहमति समेत भएको होटल व्यवसायी संघका अध्यक्ष भट्टराईले बताए ।









प्रतिक्रिया दिनुहोस्