राष्ट्रिय लिग फुटबलमा आर्मीको सहज जित



काठमाडौँ ।

विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा पूछारको नव जन जागृति युवा क्लबलाई ३–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले बाराको नव जन जागृतिलाई ३–० ले सहजै हरायो ।

लिगमा पाँचौँ जितपछि आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ र उपाधि होडमा आफूलाई कायम राखेको छ । राष्ट्रिय लिगमा कमजोर देखिएको टोली नव जनजागृतिको भने यो लगातार आठौँ हार हो । बाराको यो टोली आधा खेल खेलिसक्दा अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

आर्मीको लागि कप्तान जर्ज प्रिन्स कार्कीले खेलको नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठले ५४औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । कुन्साङ लामाले ७६औँ मिनेटमा आर्मीको तेस्रो गोल गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार