मिसन सामाचारदाता/ कोहलपुर, पुस ३ – प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारकोक्रममा बाँकेलाई राजधानी बनाउन भन्दै सबैजसो उम्मेदवारले प्रतिवद्धता जनाएका छन् । निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । तर विजयी भएका उम्मेदवारहरु बाँकेलाई राजधानी बनाउन हुनुपर्नेजति सक्रिय नभएको आरोप लाग्न थालेको छ । पछिल्लो समय प्रदेश नम्बर ५ को राजधानी दाङ्ग वा बुटवल कहाँ हुने भन्नेमा चर्काचर्की परेको छ । दुबै जिल्लाका आम नागरिक पनि सामाजिक सञ्जालमा लबिङ्ग गरिरहेका छन् ।
नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले सोमबार सामाजिक सञ्जालमा लेखे–विवेकलाई बन्धकी नराख्ने हो भने हरेक दृस्टीले बाँके ५ नम्बरको राजधानी उपयुक्त छ । आउनु होस यो अभियानमा सहभागी बनौ । खत्री यसअघि जनस्तरबाट गठित संघर्ष समितिका संयोजक समेत हुन् । मधेस आन्दोलनको रापतापका समयमा भएको संघर्ष समितिले त्यसबेला सक्रियता देखाउन नसकेपनि अब भने सक्रियता देखाउनुपर्ने आसय नेपालगन्जबासीको छ ।
पुर्ब जिविस सभापति पशुपति दयाल मिश्रा सामाजिक, आर्थिक र सेवा सुविधा तथा भौतिक पुर्वाधारको दृष्टिकोणले प्रदेश ५ को राजधानी बाँके हुनुपर्ने बताउँछन् । मिश्राले प्रदेशको राजधानकिा लागि केन्द्रमा आफुहरुको लबिङ्ग यथावत रहेको बताए । मिश्राले सोमबार राजधानीमा भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटघाट गरेका थिए । पुर्वाधारको हिसावले बुटवल र दाङ भन्दा नेपालगन्ज सम्पन्न छ, मिश्राले भने,– राजनीतिक र नागरिकतहबाट दह्रो लबिङको आवश्यकता देखिएको छ । उनले आप्mनो तर्फबाट नेपालगन्जलाई राजधानी बनाउने अभियान निरन्तर जारी रहेको बताए ।
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका कार्यसमितिका सभापति प्रशान्त बिष्टले नेपालगन्जलाई राजधानी बनाउनुपर्ने बताए । नेपालगन्जमा सुविधा सम्पन्न बिमानस्थल, फराकिलो सडकसँगै प्रदेश सरकार र संसदका लागि आवश्यक संरचना तयारी अवस्थामा रहेको भन्दै जनस्तरबाट दबाबमुलक कार्यक्रम हुन पर्नेमा जोड दिइएको छ ।
प्रकाशित मिति : २०७४ पुस ४ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्