ब्राइटलाइटलाई प्रथम कोहलपुर भलिबलको उपाधि



कोहलपुर ।

‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’को उपाधि ब्राइटलाइट एकेडेमी कोहलपुरले उचालेको छ । ब्राइलाइट एकेडेमी कोहलपुरले फाइनलमा बैजनाथ गाउँपालिकालाई हराउँदै उपाधि उचालेको हो ।

ब्राइटलाइट एकेडेमी कोहलपुरले सोझो २–० सेटले बैजनाथ गाउँपालिकालाई हरायो । ब्राइटलाइटले पहिलो सेट २५–२२ दोस्रो सेट २५–१८ ले हराएको थियो । ब्राइटलाइटसँग उपाधिका लागि प्रतिस्पर्धा गरेको बैजनाथ गाउँपालिका भने लगातार दोस्रो सेट गुमाउँदै हार व्यहोर्नु पुग्यो । हार व्यहोरेसँगै बैजनाथ गाउँपालिका भने द्वितीय भएको छ ।

यस्तै प्रतियोगिताको तृतीय भने रोयल ढकेरी भएको थियो । प्रथम हुने टिम ब्राइटलाइट एकेडेमीले नगद ५० हजार रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥र्यो । त्यसैगरी द्वितीय हुने टिम बैजनाथ गाउँपालिकाले भने ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिम रोयल ढकेरीले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार