स्कटल्यान्ड र नेपालको खेल कोहलपुरमा लाइभ स्क्रिनिङ हुने



बाँके : भारत र श्रीलंकमा जारी विश्वकपअन्तर्गत स्कटल्यान्ड र नेपालबीच हुने खेलको कोहलपुरमा लाइभ स्क्रिनिङ हुने भएको छ । आज साँझ ७ः१५ मा भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलको कोहलपुरस्थित खुला मैदानमा लाइभ स्क्रिनिङ हुने भएको हो ।

विश्वकपको वल्र्डवाइज पार्टनर कोकोकोलाले कोहलपुरमा निःशुल्क खेल देखाउने भएको हो । खेल लाइभ हेर्नका लागि कुनै पनि दर्शकले कुनै शुल्क तिर्नुपर्ने छैन । दर्शकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै कोहलपुरमा उक्त खेल लाइभ देखाउन लागिएको कोकोकोलाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार