सुदूरपश्चिम ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा–युवतीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने उद्देश्यले सनिश्चर म्युजिक कम्पनी प्रालिले ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०८२–८३’ रियालिटी शो आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । यो कार्यक्रम विशेष रूपमा गाउँ–जिल्लामा लुकेर रहेका गायन र नृत्य प्रतिभालाई उजागर गर्ने, व्यावसायिक अवसर प्रदान गर्ने र मनोरञ्जनसँगै सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
कार्यक्रमले कूल २४ एपिसोड समेट्नेछ, जसमा १२ एपिसोड गायन र १२ एपिसोड नृत्य विधामा प्रस्तुत गरिनेछन् । प्रत्येक एपिसोडमा प्रतिभाहरूको प्रस्तुति र मूल्यांकन गरिनेछ, जसमा अनुभवी जज र निर्णायक मण्डलले सहभागीहरूको क्षमता र प्रस्तुति मूल्यांकन गर्नेछन् । शोको ग्राण्ड फिनाले २०८३ असोज १ गते आयोजना गरिनेछ, जहाँ विजेताहरूको घोषणा र पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रमको व्यवस्थापन र निर्देशनका लागि अनुभवी टिम तयार गरिएको छ । कम्पनीको प्रबन्ध निर्देशक सुदिप जोशीले सम्पूर्ण कार्यक्रमको सञ्चालनमा नेतृत्व गर्नेछन् भने कृष्ण जोशी कार्यक्रम निर्देशकको रूपमा जिम्मेवार रहनेछन् । कार्यक्रम व्यवस्थापन सुशील रौचालले सम्हाल्नेछन् भने गीतकारको जिम्मेवारी नवराज कालीकोटेले सम्हाल्नेछन् ।
उद्घोषक निखिल आचार्य, साउन्ड इन्जिनियर अशोक चौधरी, मिक्सिङ इन्जिनियर रविन मगर र डाइरेक्टर अफ फोटोग्राफी दीपक गिरीले कार्यक्रमको प्राविधिक पक्ष सुनिश्चित गर्नेछन् । निर्णायक मण्डलमा जेम्स जोशी, सरोज प्रजा, कृष्ण भारद्वाज, र लावण्य चक्रवर्ती रहेका छन् । अतिरिक्त जजहरूको रूपमा कविता सुनार, समीर परियार, र सुशिल रौचाल पनि सहभागी हुनेछन् । यसरी, अनुभवी र विविध पृष्ठभूमिका व्यक्तिहरूले प्रतिभाहरूको सम्पूर्ण मूल्यांकन गर्नेछन् ।
प्रतिभाहरूको छनोटका लागि अडिसनको व्यवस्था गरिएको छ । फाराम २०८२ फागुन १ गते खुलेको छ र इसेवामार्फत २०८२ फागुन ३ गतेदेखि आवेदन बुझाउन सकिनेछ । अडिसनको वास्तविक प्रक्रिया २०८३ वैशाख ५ गतेबाट सुरु हुनेछ । यसरी सहभागीहरूलाई समयमै तयारी र आवेदक प्रक्रियामा सहभागिता जनाउने पर्याप्त अवसर दिइएको छ ।
कार्यक्रमले विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । प्रथम पुरस्कार विजेताले रु दुई लाख नगद, रु चार लाख बराबरको म्युजिक भिडिओ÷अडिओ कन्ट्र्याक्ट, साथै थाइल्याण्ड, सिंगापुर, मलेसिया टुर प्राप्त गर्नेछन् । दोस्रो पुरस्कारमा रु एक लाख पचास हजार नगद र रु दुई लाख बराबरको अडिओ÷म्युजिक भिडिओ कन्ट्र्याक्ट हुनेछ । तेस्रो, चौथो र पाँचौँ पुरस्कार पनि नगदसहित सम्बन्धित म्युजिक कन्ट्र्याक्ट प्रदान गरिनेछन् ।
यसरी पुरस्कारहरू केवल आर्थिक लाभ मात्र नभई प्रतिभाहरूलाई व्यावसायिक मञ्च र अवसर प्रदान गर्ने माध्यम पनि बन्नेछ । विजेताले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्, जसले आगामी संगीत तथा नृत्य क्षेत्रमा उनीहरूको करियरलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रतिभा खोज्ने र प्रस्तुत गर्ने अवसर सीमित भएकोले, यो कार्यक्रम क्षेत्रीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा पु¥याउने महत्वपूर्ण मञ्च साबित हुने अपेक्षा गरिएको छ । गाउँ–जिल्लामा लुकेर रहेका गायन र नृत्यका कलाकारहरूलाई व्यावसायिक अवसर उपलब्ध गराउने यो पहल सांस्कृतिक संरक्षणमा पनि योगदान पु¥याउनेछ ।
कार्यक्रमले मनोरञ्जन र सांस्कृतिक मूल्यको सशक्त संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । यसले केवल प्रतिभालाई उजागर गर्ने मात्र होइन, दर्शकहरूमा संगीत र नृत्यप्रतिको रुचि र समझदारी पनि वृद्धि गर्ने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्