साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सवको तयारी अन्तिम चरणमा



जनकपुर ।  यही फागुन ५ देखि हुने जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले फागुन ५ देखि  ८ सम्म सञ्चालन हुने महोत्सवको पाँचौँ शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।


मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा  जनकपुरधाम उप–महानगरपालिकाको सह–आयोजनमा महोत्सव आयोजना गर्न लागिएको उनले बताए । महोत्सवमा कला साहित्य, राजनीति, सामाजिक, आर्थिक मुद्दा, इतिहासलगायत विभिन्न २० विषयमा गहन विमर्श र चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीको समेत आयोजना गरिने अध्यक्ष चौधरीले बताए ।

महोत्सव मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहित शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता र मिथिला चित्रकला प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, नाटकलगायत सांस्कृतिक कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार