काठमाडौं । नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले आफ्नो स्थापनाको २४ औँ वर्षगाँठ मनाएको छ । शनिबार बलम्बुस्थित अस्पताल परिसरमै एक समारोहका बिचमा अस्पतालले २४ औँ वार्षिकोत्सव मनाएको हो ।

समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे । प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारीजस्ता चुनौतीका बेला एपीएफ अस्पतालले जनस्वास्थ्यमा दिएको योगदानका लागि पनि आईजीपी अर्यालले खुसी व्यक्त गरे ।
अस्पतालमा सेवा प्रवाहलाई सहज, सुलभ, गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य रहेको बताउँदै उनले नयाँँ प्रविधि, तालिम, शैक्षिक विस्तार र सेवा प्रणालीमा निरन्तर सुधारलाई प्राथमिकता राखिएको पनि बताए ।
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्