रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ । जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार घाइतेको संख्या भने ८ पुगेको छ ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो । रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्