इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो



इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह ९आईएस० ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।

देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ ।जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरि गरेको विस्फोटमा ठूलो मानविय क्षति भएको बताएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।

चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरुको उद्धार गर्दै गरेको देखाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार