कोहलपुर ।
कोहलपुर नगरपालिका–७ स्थित लखनवा गाउँमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । टिप्परको ठक्करबाट मृत्यु हुनेमा साइलक यात्री कोहलपुर–७ लखनवाका स्थानीय दिपक खड्का रहेका छन् ।
लखनवा गाउँको भित्रि सडक खण्डमा रहेको राम इटा भट्टादेखि लखनवा गाउँ जादै गरेको भे १ ख ३४९५ नम्बरको टिप्परले ठक्कर दिँदा खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
टिप्परको ठक्करबाट घाइते भएका साइकल यात्री खड्कालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर स्थित दशबिगाह ल्याइएको थियो । उनको उपचारको क्रममा आज विहान ८ बजे मृत्यु भएको हो ।
साइलक यात्री खड्कालाई ठक्ठर दिएर राप्ती सोनारी–२ का स्थानीय टिप्पर चालक अर्जुन चौधरी फरार रहेका थिए । साइलक यात्री खड्कालाई ठक्कर दिएर परार रहेका चालक चौधरीलाई अहिले प्रहरीले पक्राउ गरेको छ । दुर्घटना के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्