काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताए । सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताए ।

‘परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि हो’, उपराष्ट्रपति यादवले भने,‘सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो ।’
उनले राष्ट्रको आवाजलाई विश्वभर पु¥याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गरे । पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको जनाउँदै उपराष्ट्रपतिले समाजमा सत्यतथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी पत्रकारिताले गर्दै आएको बताए ।








प्रतिक्रिया दिनुहोस्