संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरू वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय संकटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् । परिस्थितिगत गम्भीरताको विवरण सहित संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै गुटेरेसले वित्तीय नियमहरूमा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको वास्तविकताको सामना गर्न आग्रह गरेका हुन् । अल जजिराका अनुसार उनले सम्बन्धित देशहरूलाई आफ्नो बकौैता तिर्न पनि आह्वान गरेका हुन् । संस्थाको वित्तीय कमजोरीलाई उजागर गर्दै प्रवक्ता फरहान हकले विगतका वर्षहरूमा गरे जस्तै काम गर्न नगद भण्डार र तरलता नभएको पत्रकारहरूलाई बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि वासिङ्टनको आर्थिक सहयोग कटौती गर्न कदम चालेको समयमा यो अपिल आएको हो । ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका धेरै एजेन्सीहरूबाट फिर्ता हुने योजना घोषणा गरेको छ भने ट्रम्पले “बोर्ड अफ पिस“ को पहललाई पनि बढावा दिएको जनाइएको छ ।विद्यमान प्रणाली अन्तर्गत, संयुक्त राष्ट्रसंघको सदस्यता शुल्क घरेलु उत्पादन, ऋण स्तर र आर्थिक क्षमता जस्ता कारकहरूको आधारमा गणना गरिन्छ, जसमा संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत, भने चिनले २० प्रतिशत योगदान गर्दछ ।

यसै विच गुटेरेसले सन् २०२५ को अन्त्यमा, एक अर्व ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी रहेको बताएका छन् । उनु भएको छ ।सुधारको आवश्यकतालाई जाड दिदै, उनले सबै सदस्य राष्ट्रहरूले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्वका पुरा गर्नु पर्ने वा सदस्य राष्ट्रहरूले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमहरूलाई सुधार गर्नु पर्ने बताएका छन् ।

आर्थिक दबाब बढ्दै जाँदा पनि संयुक्त राष्ट्रसंघले यस महिनाको सुरुमा सन् २०२६ का लागि तीन अर्व ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो । सम्बोदन पत्रमा गुटेरेसले आगामी जुलाईसम्ममा संयुक्त राष्ट्रसङ्को नगद भण्डारण समाप्त हुने सक्ने चेतावनी दिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार