काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेकामध्ये थापाले युएइ पटाउने भन्दै रु छ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै रु १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै रु तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । जमलमा दुर्घटना हुँदा चार घाइते काठमाडौँ महानगरपालिका–२७ जमलमा आज भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा परी बा प्र ०२–०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौँ सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ मोटरसाइकिल चालक काठमाडौँ बस्ने २६ वर्षीय विनोद प्रधान, पछाडि सवार यात्री रुकुम मुसिकोट घर भई हाल भक्तपुरा ठिमी बस्ने ३६ वर्षीया सुनिता वली, बा३५प ९१४४ मोटरसाइकल चालक काठमाडौँ बूढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल, पछाडी सवार सिन्धुली मरिङ गाउँपालिका–७ की ३१ वर्षीया इशु तामाङ घाइते भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र बाँकी तीन जनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्