
आइसिसी टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंकमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ‘ए’ विरुद्धको पहिलो अभ्यास खेलमा ४ विकेटको पराजित भोगेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर नेपालले १८५ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रन बनाउने क्रमा ४२ बलमा ६१ रन बनाए। यस्तैं आरिफ शेखले २७ बलमा ४२ रन र कप्तान रोहित पौडेलले ३१ रनको योगदान गरे।
१८६ रनको लक्ष्य श्रीलंकन टोलीले २८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि लाहिरु उडाराले ७३ रन बनाए। बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे।
अब नेपालले श्रीलंका ‘ए’ सँग थप दुई खेल (जनवरी २२ र २४ मा) खेल्नेछ। त्यसपछि टोली भारत गएर थप अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ।एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई आउनेछ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ।









प्रतिक्रिया दिनुहोस्