नेपालगन्ज, मंसिर २१ / प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत बाँकेमा ६५ प्रतिशत भन्दा बढि मतदान भएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदीका अनुसार ६५ प्रतिशत भन्दा बढि मतदान भएको हो । मतदान गर्ने अवधी सकिएपछि निर्धारित समयभित्रै मतदान केन्द्रमा प्रवेश गरेका मतदाता अहिले पनि लाइनमा रहेको उनले बताए ।मुख्य निर्वाचन अधिकृत सुवेदीले मतदान सम्पन्न भएपछि बेलुकादेखि नै मतपेटिका सुरक्षाका साथ सदरमुकाम नेपालगन्ज ल्याउने कार्य थालिएको जानकारी दिए । भेरी प्राविधिक शिक्षालयमा गणना हुनेछ । मतपेटिकाहरु रातीसम्म पुगेमा बिहिवाररातीदेखि नै गणना गरिने तर ढिलो पुगेमा भने शुक्रबार बिहानदेखि गणना सुरु गर्ने उनले जानकारी दिए । सुरक्षाका साथ मतपेटिका सदरमुकाम ल्याउन थालिएको उनले जानकारी दिए । lokpriyanews
प्रकाशित मिति : २०७४ मंसिर २१ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्