सरकारले निर्वाचनलाई लक्षित गर्दै प्रहरीको साइबर अपराध नियन्त्रण टोली पनि खटाउने भएको छ । साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न उक्त टोली खटाइने गृह मन्त्रालयले जनाएको छ ।
तथ्यहीन सूचना, अफवाह र भ्रामक प्रचार–प्रसार, सामाजिक सञ्जालमा हुने साइबर अपराध, ह्याकिङ, फेक अकाउन्ट र डिजिटल धाँधली नियन्त्रण एवं मतदाताको गोपनीयता, डिजिटल सुरक्षा र शान्तिपूर्ण निर्वाचन प्रक्रिया सुनिश्चित गर्न साइबर प्रहरी परिचालन गर्न लागिएको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि परिचालन हुने साइबर प्रहरी प्रहरीले निगरानी, विश्लेषण गरी आवश्यक कारबाहीका लागि निर्देशन, सिफारिस तथा अनुसन्धान गर्न सक्ने कार्यादेश तोकिएको जनाइएको छ ।
यसैगरी नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोको विशेष टोली पनि खटिएर सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्न काम गर्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्