अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न अदालतले आदेश दिएको छ । आइतबार उच्च अदालत पाटनको श्रीधरा कुमारी पुडासैनीको एकल इजलासलले एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो । अदालतले निर्वाचन प्रक्रिया सम्बन्धी सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेल सम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यहरु रुपेश अधिकारी र रवीन्द्र चन्दले अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्