महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा निःशुल्क प्रवेशको व्यवस्था



काठमाडौँ: आइतबार काठमाडौँमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने भएको छ।नेपाल क्रिकेट संघका अनुसार उक्त प्रतियोगितामा दर्शकलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको हो।

कुल १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को क्यालेन्डरअनुसार नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो। ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले महिला टी२० विश्वकपमा स्थान बनाउनेछन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार