आज १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्दै



काठमाडौँ ।

शुक्रबार १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन नजिकिँदै जाँदा निर्वाधन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो।

संघीय राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय खुल्ने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। ‘निर्वाचनको वातावरण बनेको छ। हामीले दसवटै निर्वाचन क्षेत्रमा कार्यालय खोल्नका लागि सबै तयारी गरिसकेका छौं,’ भट्टराईले भने।

देशैभर सोही समयमा कार्यालय स्थापना हुनेछन्। देशैभरका सबै निर्वाचन क्षेत्रमा एकै समयमा कार्यालय खोल्दा त्यसले निर्वाचनको माहोललाई अझ विस्तार गर्ने निर्वाचन आयोगले बताएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार