महोत्तरीमा वाम गठबन्धन र फोरम कार्यकर्ताबीच झडप, ३ जना घाइते



मंसिर २०, २०७४/ वाम गठबन्धन र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच गौशालामा झडप हुँदा ३ जना घाइते भएका छन् । प्रहरीकाअनुसार एकको अवस्था गम्भीर छ । झडपमा वाम गठबन्धनका प्रमोद महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेको उनको एउटा हात र कम्मर पनि चल्न नसक्ने भएपछि राति नै अञ्चल असपताल पुर्‍याइएको थियो । स्थितिमा सुधार नआएपछि काठमाडौं लाने तरखर भइरहेको पारिवारिक श्रोतले जनाएको छ । वाम गठबन्धनकै सामान्य घाइते मनोज सिंह र विपिन सिंहलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशाला उपचारपछि घर फर्काइएको छ ।  Kantipur

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार