गुणस्तर समितिको संयोजकमा डा. तिवारी



नेपालगन्ज ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. उमाकान्त तिवारीको संयोजकत्वमा गुणस्तर नियन्त्रण समिति गठन गरेको छ ।

प्रतिष्ठानको आर्थिक वर्ष २०८०/०८१ का लागि आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाको गुणस्तरीयता कायम गराउन लेक्चरर, जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभागका डा. तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा डा. विनिता केसी(लेक्चरर, अपथाल्मोलोजी विभाग), नवीना चौधरी (स्टाफ नर्स, इन्चार्ज, आईसीयु वार्ड), अनिसा तण्डुकार स्टाफ नर्स(इन्चार्ज, ओटी) र झन्कार लामिछाने (डेपुटी रजिष्ट्रार) रहेका छन् ।

उक्त समितिले खरिद गरिने औषधी, औषधीजन्य सामग्री, औजार, यन्त्र, उपकरण, कार्यालयका लागि आवश्यक जिन्सी सामान, अफिस फर्निचर, मसलन्द छपाइ, निर्माण, मर्मत सम्भार, परामर्श सेवा आदिको गुणस्तरीयता कायम गर्न/गराउन भूमिका निर्वाह गर्नेछ ।

संयोजक डा. तिवारीले प्राप्त जिम्मेवारीको व्यावहारिक कार्यान्वयन हुने बताए । अस्पतालजस्तो संवेदनशील क्षेत्रका कुनै पनि सामग्री र सेवाका गुणस्तरमा सम्झौता नगर्ने गरी काम गरिने उनले जनाए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार